फिफा विश्वकप–२०१८ को भव्य उद्घाटन यसरी हुनेछ

सहयात्रा टिभी

जेठ २९, विश्वकप फुटबलको उद्घाटन समारोह रसियामा भव्यताका साथ हुँदैछ । विश्वकप फुटबलमा आकर्षक उद्घाटन समारोह समावेश गर्ने चलन सुरु भएको छ । ब्राजिलमा भएको विश्वकपको उद्घाटन समारोह अहिलेसम्मकै सबैभन्दा भव्य उद्घाटन समारोह थियो र केही हदसम्म त्यो ओलम्पिक्सको उद्घाटन भन्दा कम थिएन । यसपटक रूसमा हुने विश्वकप फुटबलको उद्घाटन समारोह कस्तो हुनेछ भन्ने पूर्ण विवरण बाहिर आएको छैन । पश्चिमेली मिडियालाई मान्ने हो भने रूसले उक्त विवरण उद्घाटनअघि बाहिर ल्याउने पनि छैन, किनभने रूसको काम गर्ने शैली नै यस्तै छ ।

मिडियाले अन्तर्रा्ष्ट्रिय फुटबल महासंघ ९फिफा० को स्रोत प्रयोग गरेर उद्घाटन कार्यक्रमका सम्बन्धमा केही न केही जानकारी भने फुत्काएका छन् । उक्त जानकारीअनुसार रूसले विश्वकप उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न गर्नेछ र यो लगभग दुई घण्टाको हुनेछ । आयोजक रूस र साउदी अरेबियाबीच हुने खेलअघि यो कार्यक्रम मस्कोको प्रसिद्ध लुजनिकी स्टेडियममै हुनेछ । उद्घाटन कार्यक्रम ब्राजिलको उद्घाटन समारोहभन्दा केही फरक हुनेछ ।

उद्घाटन समारोह स्थानीय समय अनुसार ४ बजे प्रारम्भ हुनेछ र पहिलो खेल सुरु हुने समयअघिसम्म चल्नेछ । तय छ, पूरा विश्वकपका फुटबल प्रेमीको नजर उक्त कार्यक्रममा हुनेछ । अहिलेसम्म प्राप्त जानकारी अनुसार उक्त कार्यक्रममा स्पेनी ओपेरा गायक प्लासिडो डोमिन्गोले गीत गाउनेछन् । यस्तै आफ्नो स्वर प्रस्तुत गर्नेमा पेरुबाट जुवान डिएगो फ्लोरेज पनि हुनेछन् । यी दुई गायकले सुरुमा रेड स्क्वायरमा गीत गाउनेछन् । त्यसपछि उनीहरू मूल उद्घाटन समारोहमा देखिनेछन् ।

उनीहरूलाई कार्यक्रममा साथ दिनेमा एडा गारिफुलिन, एल्बिना सागिमुराटोभा, युसुफ इभाजोभ, इल्डर अबड्राजोकोभ, डेनिस मास्तुभ व एना नेट्रेबको छन् । कार्यक्रममा प्रस्तुत हुने नृत्यमा ५ सय जनाको सहभागिता हुनेछ । त्यत्तिकै संख्याका जिम्न्यास्टहरूले पनि आफ्नो प्रदर्शन गर्नेछन् । यी सबै प्रस्तुतिको मूल आधार भने रूसी संस्कृति नै हुनेछ । उद्घाटन समारोहको मूल विषय नै रूसी संस्कृतिको फरक आयाम हो ।

विश्वकपको गीत

फुटबलको विश्वकप भनेपछि त्यससँगै अचेल गीत पनि जोडिएर आउँछ । धेरैको मनमा अझै पनि पुराना विश्वकपका गीत होलान, जस्तो, रिकी मार्टिनको ‘ओले, ओले, ओले’ र सकिराको ‘वाका वाका’ । यसपटकको विश्वकपको गीत हो— ‘लाइभ इट अप’ । यसका गायक हुन्— अमेरिकी र्‍यापर वेस्ली पेन्टज । उनी डिप्लो नामले बढी चिनिन्छन् । यो गीत सार्वजनिक भैसकेको छ, तर भिडियो भने विश्वकप सुरु भएपछि मात्र उपलब्ध हुनेछ । विश्वकपको उद्घाटनका दौरान यसलाई नाम चलेका गायक–गायिकाहरूले प्रस्तुत गर्नेछन् । ग्रामी एवार्ड विजेता डिप्लो भन्छन्— यो गीत सुनेर नाच्न नचाहने कमै होलान् ।

लोगो

चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको लोगो त्यति आकर्षक थिएन । यसै कारण लोगोका लागि यसपटक रूसले प्रशस्तै मेहनत गरेको छ । जति बेला विश्वकपको लोगो सार्वजनिक गरियो, सबैले माने, यो विशेष छ । यसका डिजाइन पोर्चुगलको लिस्बनस्थित संस्था ब्रान्डिया सेन्ट्रलले गरेको हो ।

कलाका पारखीमध्ये जसले यसलाई पहिलो पटक हेर्छन्, प्रायस्ले भन्ने गरेका छन्, यसमा जादु छ । खासमा यसले रूसी कला र इतिहासको प्रतिनिधित्व गर्छ । लोगो फेरि एकपटक ट्रफी स्वरूपमै छ । यसमा पनि सेतो र नीलो रंग नै प्रयोग गरिएको छ । यसले पनि रूसी झण्डाकै प्रतिनिधित्व गरिरहेको छ ।

लोगोको सबैभन्दा माथि बल छ र यसले स्पुटनिकको प्रतिनिधित्व गरिरहेको छ । स्पुटनिक पहिलो आर्टि्फिसियल–स्याटलाइट हो । यसमा रहेका ताराले अन्तरिक्षलाई संकेत गर्छ । यसको अर्थ रूसलाई आफ्नो पुरानो र लामो अन्तरिक्ष कार्यक्रममा गर्व छ, यसले बाँकी विश्वलाई फेरि एकपटक ती दिन सम्झना दिला�

प्रकाशित : 12 June, 2018

प्रतिक्रिया दिनुहोस्