केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एनटीभीमा कार्यकारी अध्यक्ष विष्ट र राससमा अधिकारी नियुक्त

सहयात्रा टिभी

काठमाडौं । असार १, राष्ट्रिय समाचार समिति (रासस) मा कार्यकारी अध्यक्षमा हरिहर अधिकारी (श्यामल) र नेपाल टेलिभिजनमा डा. महेन्द्र विष्टलाई नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार साँझ बसेको बैठकले नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्षमा नियुक्त हरिहर अधिकारी (श्यामल) तीन दशकदेखि पत्रकारिता र साहित्य लेखनमा क्रियाशील हुँदै आउनुभएको छ । उहाँले तीसको दशकमा ‘मातृभूमि’ बाट पत्रकारिता शुरु गर्नुभएको थियो । दैलेखको गन्मगाउँ, पगनाथमा विसं २०१६ पुस ३० गते पिता उदयराम र माता कलावतीका कोखबाट जन्मनुभएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा र साहित्यमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले ‘रूपरेखा’ मासिक, ‘घोषणा’, ‘दृष्टि’, ‘प्रतिपक्ष’ ९साप्ताहिक०, ‘नयाँ पत्रिका’ र ‘सौर्य’ (दैनिक)मा सल्लाहकार सम्पादक भई काम गरिसक्नुभएको छ । उहाँले विसं २०६३ देखि २०३९ सम्म ‘प्रख्यात’ साहित्यिक मासिक पत्रिकाको सम्पादन समूहमा पनि रही काम गर्नुभएको थियो ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) मा विशेषज्ञ सेवा दिइसक्नुभएका उहाँले राष्ट्रिय अन्तर्रा्ष्ट्रिय विकास परियोजना सञ्चालन गरिरहेका संस्थाका लागि विकास व्यवस्थापन तथा क्षमता विकास परामर्शदाता, प्रशिक्षक, अनुवादक, सहजकर्ताको भूमिका पनि निर्वाह गर्नुभएको छ । उहाँले राष्ट्रिय प्रतिभा पुरस्कार ९२०५५०, साझा प्रकाशनबाट ‘गरिमा सम्मान’ २०६४, ‘अग्निशिखा पत्रकारिता’ पुरस्कार २०६६ आदि सम्मान पाइसक्नुभएको छ ।

उहाँका कविता संकलन, २०४४, ‘लयब्रह्म’ कविता संकलन, २०६०,, ‘कालचक्र नेपाल’, ‘हतारमा यात्रा’ कविता संकलन, २०६८, ‘कविले रोजेका कविता’ श्रव्य कविताः २०६३,, ‘अभागी कर्नेल’ कोलम्बियाली आख्यानशिल्पी गाब्रियल गार्सिया मार्खेजको उपन्यास ‘नो वन राइट्स टु द कोलोनेल’ को अनुवाद ९२०६८०, ‘रित्तो गाउँ’ निबन्ध संग्रह, २०६९, प्रकाशित छन् । उहाँका अंग्रेजी, जापानी, हिन्दी, असमिया, थारु र नेपाल भाषामा पनि केही कविताको अनुवाद प्रकाशित छन् ।

नेपाल टिभीमा नियुक्त अध्यक्ष डा महेन्द्र विष्ट नेपाल पत्रकार महासङ्घ र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष हुनाका साथै टिभी, रेडियो र दैनिक पत्रिकाहरुमा पनि काम गर्नुभएको छ । उदयपुरमा जन्मनुभएका विष्टले नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ ।

प्रकाशित : 15 June, 2018

प्रतिक्रिया दिनुहोस्