सिरियाको पूर्वी सिमा क्षेत्रमा करिब ४० लडाकु मारिए
सहयात्रा टिभी
एजेन्सी । असार–४, सिरियाको पूर्वी सीमा क्षेत्रमा बमबारीमा परी करिब ४० जना लडाकू मारिएका छन् । सिरियाली लडाकू नभई सरकार समर्थित समूहका लडाकुहरुमाथि गएराती भएको आक्रमणबाट करिब ४० जना विदेशी लडाकुहरुको मृत्यु भएको सरकारी स्रोतले जनाएको छ ।
यस आक्रमण इस्लामिक स्टेट्स् (आइएस) आतङ्ककारी समूहले अमेरिका र रुसआवद्ध संयुक्त सेनालाई गरेको सिरियाली राज्यद्धारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ ।
सिरियामा राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सन् २०११ को मार्चबाट आन्दोलन सुरु भएको थियो । सो आन्दोलन पछि गएर गृहयुद्धमा परिणत भयो । यो युद्धमा परि हालसम्म ४ लाख भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै अन्य लाखौँ घाइते भएका छन् ।