प्रख्यात न्युरोसर्जन डा. देवकोटाको निधन

सहयात्रा टिभी

काठमाडौं । असार ४, प्रख्यात स्नायु शल्य चिकित्सक डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ ।

पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा सोमवार ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको विज्ञप्ती अनुसार उनको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान ८ बजेदेखी १ बजेसम्म न्यूरो अस्पतालमा नै राखिने छ ।

डा. देवकोटा बेलायतस्थित किंग्स अस्पतालमा ६ महिना उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किएका थिए । डा. देवकोटाले वीर अस्पतालबाट मुलुकमा स्नायु शल्य चिकित्साको विस्तार गरेका हुन् ।

प्रकाशित : 18 June, 2018

प्रतिक्रिया दिनुहोस्