केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विभिन्न क्षेत्रका प्रतिनिधिसहित प्रधानमन्त्री ओली आज चीन प्रस्थान

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–५, प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान औपाचारिक भ्रमणका लागी चीन प्रस्थान गरेका छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली सरकारी तथा निजी क्षेत्रका १११ प्रतिनिधिहरु सहित आज चीन प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री सहितको भ्रमण टोली त्रिभुवन विमानस्थलबाट हिमालय एयरलाइन्सको विशेष विमानबाट चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीसहितको भ्रमण टोलीलाई बिदाई गर्नका लागि विमानस्थलमा नेकपाका नेताहरु माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सभामुख कृष्णबहादुर महरालगायतका अन्य केहि नेताहरु पनि उपस्थित थिए ।

प्रकाशित : 19 June, 2018

प्रतिक्रिया दिनुहोस्