एसियाली खेलकुद प्रतियोगितामा दुवै कोरियाको संयुक्त प्रदर्शन

एजेन्सी । जेठ–५, एसियाली खेलकुद प्रतियोगिताका लागि दक्षिण कोरिया र उत्तर कोरियाले संयुक्त टोली बनाउने भएका छन् । आगामी अगष्टमा हुन गइरहेको एसियन खेलकुद प्रतियोगिताका केहि खेलहरुको लागि दक्षिण कोरिया र उत्तर कोरियाले संयुक्त रुपमा टोली बनाउन लागेका हुन् ।
अधिकारीहरुहरुका अनुसार उक्त प्रतियोगिताको उद्घाटन र विसर्जन समारोहमा पनि यी दुवै कोरियाले संयुक्त रुपमा नै प्रदर्शन गर्ने सहमति भएको छ ।
अप्रिल २७ तारिखका दिन भएको दुई कोरियाको पहिलो शिखर वार्तामा नै एसियन खेलकुदमा संयुक्त प्रदर्शन गर्ने सहमति भएको दक्षिण कोरियाको संस्कृति, खेल र पर्यटन मन्त्रालयले जनाएको छ ।