केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महिलालाई तेजाब छर्कने ट्राफिक प्रहरी धरौटीमा रिहा

सहयात्रा टिभी

चितवन । जेठ–५, एक महिलालाई तेजाब छर्कने ट्राफिक प्रहरीलाई अदालतले धरौटीमा रिहा गरेको छ । गत बैशाख ९ गते महिलालाई तेजाब छर्किएको आरोपमा पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटौंडाले धरौटीमा रिहा गरेको हो ।भरतपुर महानगरपालिका–४ त्रिचोकमा बसोबास गर्दै आएकी एक महिलालाई उनले शरिरका विभिन्न भागमा तेजाब छर्किएका थिए ।

अस्पतालबाट फर्किएपछि पिडित महिला र उनका श्रीमानले खनियाँ विरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जेठ ३ गते जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गराएका थिए ।

जिल्ला अदालतले खनियाँलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। तर जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै खनियाँले उच्च अदालत हेटौँडामा निवेदन पेश गरेपछि उक्त अदालतले उनलाई ३ लाख धरौटीमा रिहा गरेको अदालतका सूचना अधिकारी केशव पौडेलले बताए ।

प्रकाशित : 19 June, 2018

प्रतिक्रिया दिनुहोस्