केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साना ठूला गरि देशभर १२ सय अस्पतालको डिजाइन बन्दै

सहयात्रा टिभी

वीरगञ्ज । जेठ–५, सरकारले साना ठूला गरेर देशभर १२ सय अस्पतालको डिजाइन गरिरहेको उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताएका छन् । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको निरीक्षण गर्न मंगलबार वीरगञ्ज पुगेका मन्त्री यादवले नयाँ स्वास्थ्य नीति योजनामा अस्पताल निर्माण योजना प्राथमिकतामा रहेको बताउँदै सरकारले १२ सय अस्पतालको डिजाइन गरिरहेको जानकारी गराएका हुन् ।

उपप्रधानमन्त्री यादवले नारायणी उपक्षेत्रीय अस्पताललाई प्रदेश २ कै नेतृत्वदायी अस्पताल बनाउने उद्घोष समेत गरे ।

पुरानो अस्पताल नारायणी उपक्षेत्रीय अस्पतालको अवस्था उहि रहेको र जनसंख्या भने दिनप्रतिदिन बढ्दै गएकोले अस्पतालले सो जनसंख्यालाई उपयुक्त सेवा दिन गाह्रो भइरहँदा पनि कसैको ध्यान जान नसकेको बताउँदै उपप्रधानमन्त्री यादवले नयाँ पूर्वाधार नआउन्जेल भएकै पूर्वाधारहरु उपयोग गरेर स्तरीय सेवा दिन चिकित्सकहरुलाई आग्रह गरे ।

सिमित स्रोतसाधन, डाक्टर चिकित्सकहरुको अभावका बाबजुद पनि बढ्दै गएको जनसंख्यालाई उचित सेवासुविधा पु¥याइरहनु भनेको अत्यन्तै प्रशंसनिय कार्य भएको उनले बताए ।

प्रकाशित : 19 June, 2018

प्रतिक्रिया दिनुहोस्