केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मौसम पूर्वानुमानका लागि मौसमी बेलुन (रेडियोसोण्ड) उडाउन सुरु

सहयात्रा टिभी

काठमाण्डौं । असार–६, मौसम पूर्वानुमानका लागि त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र जल तथा मौसम विभागको संयुक्त प्रयासमा आजबाट मौसमी बेलुन (रेडियोसोण्ड) उडाउन सुरु गरिएको छ ।

आज बिहान ५ः३० बजे त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागले बेलुन उडाएको छ भने विराटनगर र नेपालगञ्जबाट पनि बेलुन उडाइने योजना रहेको छ ।

दैनिक २ सय डलर खर्च गरेर उडाइने यो बेलुनले करिब ४० किमि माथि पुगेर तथ्याङक पठाउँछ । तथ्याङक संकलन गर्ने यन्त्रले तथ्याङक प्राप्त गरेपछि त्यसबाट नै मौसमको पूर्वानुमान गर्न सकिन्छ ।

माथिल्लो वायुमण्डलका विभिन्न उचाइ र तह, वायुमण्डलीय सूचक चाप, तापक्रम, सापेक्षित आद्रता, वायुको दिशा, गतिलगायत मौसमी तथ्याङ्क संकलन गरी रेडियो उपकरणमार्फत जमिनमा पठाउन मौसमी बेलुन उडाइने रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिएका थिए।

मौसम पूर्वानुमानलाई थप व्यवस्थित बनाउन सरकारले जर्मनेली प्रविधिको सहयोगमा मौसमी बेलुन उडाउन थालेको जल तथा मौसम विभागका महादिर्शेशक डा ऋषिराम शर्माले बताए ।

प्रकाशित : 20 June, 2018

प्रतिक्रिया दिनुहोस्