अत्याधिक गर्मी बढेपछि सूर्यविरुद्ध उजुरी

एजेन्सी । असार–६, भारतका एक व्यक्तिले अत्याधिक गर्मी बढाएको भन्दै सूर्यविरुद्ध प्रहरीमा उजुरी गरेर कारबाहीको माग गरेका छन् ।
अत्याधिक गर्मी भएपछि भारतको मध्यप्रदेशको शाजापुरका शिवपाल सिंह नाम गरेका मानिसले सूर्य विरुद्ध उजुरी दिएका हुन् ।
आकाशबाट वर्षिरहेको आगोले आफु ६ हप्ता देखि पिडित भएको भन्दै सिंहले उजुरीमा उल्लेख गरेका छन् ।
त्यसैगरी सहनै नसकिने गरी भइरहेको अत्याधिक गर्मी हुनुमा ब्रम्हाण्ड निवासी श्रीमान सूर्यनारायण जिम्मेवार रहेको भन्दै उनले सूर्यलाई भारतीय संविधान तथा अन्य कानून बमोजिम कारबाही गर्नुपर्ने माग समेत गरेका छन् ।