केपी ओली प्रचण्ड माधव नेपाल एमाले


न्यूरो अस्पतालको नाम परिवर्तन, अगाडि थपियो उपेन्द्र देवकोटा

सहयात्रा टिभी

काठमाण्डौं । असार–६, बासबारीस्थित न्युरो अस्पतालको नाम परिवर्तन गरि उपेन्द्र देवकोटा थपेर नयाँ नामाकरण गरिएको छ । डा. उपेन्द्र देवकोटाको निधनपछि उनले स्थापना गरेको न्युरो अस्पतालको नाम ‘उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ युरोलोजिकल एण्ड एलाइट साइन्स’ राखिएको हो ।

डा. देवकोटा हुँदै अस्पतालको नाम परिवर्तन गर्ने निर्णय अनुसार नै प्रकृया अघि बढाइएको अस्पतालका इन्जिनियर बसन्त देवकोटाले बताए ।  अस्पतालको नाम यस अघि ‘नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइट साइन्स’ थियो ।

नाम परिवर्तका केहि कागजि काम भने बाकिँ नै छ । बुधवार कम्पनी रजिष्टारको कार्यालयले दर्ता प्रमाणपत्र दिएको अस्पतालका इन्जिनियर देवकोटाले बताए ।

डा. देवकोटाको नेतृत्वमा सन् २००६ अप्रिल १३ मा बासबाँरीस्थित न्युरो अस्पताल सञ्चालनमा आएको थियो ।न्यूरो अस्पताल डा. उपेन्द्र देवकोटा, उनकी पत्नी डा. मधु देवकोटा र हिमलाल काप्रीको अध्यक्षतामा सञ्चालन हुँदै आएको थियो ।

डा. उपेन्द्र देवकोटाको निधनपछि भने अब डा. मधु देवकोटा र हिमलाल काप्रीको अध्यक्षतामा अस्पताल सञ्चालन हुनेछ ।

प्रकाशित : 20 June, 2018

प्रतिक्रिया दिनुहोस्