केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अस्पतालको फार्मेसीमा म्याद गुज्रिएको औषधी फेला

सहयात्रा टिभी

काभ्रे । असार–८, धुलीखेल अस्पतालको फार्मेसीमा म्याद नाघिसकेको औषधी भेट्टिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले अस्पतालको अनुगमन गर्दा म्याद गुज्रिसकेको औषधी फेला पारेको हो ।

धुलीखेल सामुदायीक अस्पतालमा मानसिक रोगका लागी प्रयोग गरिने इटाट्रम ५ एम्जी तीस वटा ट्यावलेट म्याद नाघिसकेको अनुगमनमा भेटिएको छ ।

उक्त एक्सपायर भइसकेको औषधीलाई जफत गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत नन्नराज वस्तीले जानकारी दिए ।

म्याद नाघिसकेको औषधि गलत नियतले नराखेको र उक्त औषधीलाई आज नै एक्सपार औषधि राखिने ठाउँमा लाने तयारी भइरहेको धुलिखेल अस्पतालका फार्मेसी प्रमुख हिरामान शंखरले बताए ।

प्रकाशित : 22 June, 2018

प्रतिक्रिया दिनुहोस्