केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सबै स्थानीय तहमा असार मसान्तभित्र कर्मचारी पठाइने

सहयात्रा टिभी

विराटनगर । असार–११, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले यहि असार मसान्तभित्र सबै स्थानिय तहमा आवश्यक कर्मचारी पठाइने बताएका छन् ।

मन्त्री पण्डितले आगामी असार मसान्तभित्रमा स्थानिय तहमा १० हजार कर्मचारी पठाउने तयारी भइसकेको जानकारी गराएका हुन् ।

कर्मचारीको अभाव खेपीरहेका स्थानिय तहले असार मसान्त पछिका दिनमा कर्मचारी अभावको समस्या भोग्नु नपर्ने मन्त्री पण्तिले बताएका छन् ।

स्थानिय तहमा प्रशासनिक प्रमुख पठाउने काम भइसकेको छ । अफिसर लेभलका कर्मचारी पठाउने काम पनि लगभग ७५ प्रतिशत पुरा भइसकेको र अब सहायक स्तरका कर्मचारी पनि असार मसान्तभित्र पठाइसकिने मन्त्री पण्डितको भनाइ छ ।  तत्काललाई केन्द्रिय तहबाट कर्मचारी व्यवस्थापन गर्ने र विस्तारै लोकसेवाको माध्यमबाट योग्य कर्मचारीको व्यवस्था गर्ने उनले बताएका छन् ।

प्रकाशित : 25 June, 2018

प्रतिक्रिया दिनुहोस्