केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यो उद्योगी व्यवसायीको सरकार हैन : उद्योग मन्त्री यादव

सहयात्रा टिभी

काठमाण्डौं । असार–१२, पछिल्लो समयमा विभिन्न बाहनामा सरकारले उद्योग व्यवसायीहरुलाई केरकार गरिरहेको छ । यसै अवस्थामा सोमबार सरकारले व्यवसायीहरुलाई विभिन्न बाहनामा आतङ्कित पारेको भन्दै केहि व्यवसायीहरु उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेका थिए ।

आधा दर्जन भन्दा बढि संख्यामा मन्त्रालय पुगेका व्यवसायीहरुलाई उद्योग मन्त्री मातृका यादवले यो सरकार उद्योगी, व्यवसायीको नभएर जनताको भएको र सोहि अनुसार बुझ्न चेतावनी दिए ।

मन्त्रीको कार्यकक्षमा बसेका व्यवसायीहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै मन्त्री यादवले भने, ‘यसअघिसम्म उद्योगीको सरकार हुन्थ्यो, अहिले जनताको सरकार आएको छ, तपाईंहरुले भनेअनुसार चल्दैन, सचेत भएर बस्नुहोस् ।’

मन्त्री यादवको उक्त कुरा सुनिसकेपछि एक उद्योगीले आफुहरु पनि जनता नै हो, जनता र उद्योगी फरक हुन सक्दैन भनेका थिए साथै उद्योग सम्बन्धी समस्याहरु उद्योग मन्त्रालयमा नल्याएर कहाँ लग्ने भनि मन्त्रीको खण्डन पनि गरेका थिए ।

मन्त्री यादवले उद्योगीहरु माझ कुनै पनि उद्योगबाट जनतालाई अहित हुने काम भएमा सरकारले कुनै पनि कदम उठाउन पछि नहट्ने पनि बताए । साथै आफु काम नगर्ने कर्मचारीलाई शौचालयमा थुन्ने मन्त्री भएको भनि उनले उद्योगीहरुलाई सुनाउन समेत भ्याए ।

आफ्ना समस्या लिएर मन्त्रालय पुगेका उद्योगीहरु मन्त्री यादवको कुरा सुनेर डराएर नै फर्किएका एक उद्योगीले बताए ।

प्रकाशित : 26 June, 2018

प्रतिक्रिया दिनुहोस्