बिहिबार बालाजु क्षेत्रमा विद्युत आपूर्ती बन्द हुने


बनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु–धर्मस्थली फिडरबाट आपूर्ति भइरहेका क्षेत्रमा विद्युत बन्द हुने नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले जानकारी दिएका छन् ।
उक्त बालाजु– धर्मस्थली फिडर अन्तर्गतका पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रे देउराली क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने रेग्मीले जानकारी दिए ।