रङको गोदाम र मूर्ती कारखानामा आगलागी

काठमाण्डौं । असार–१४, ललीतपुरको सातदोबाटो स्थीत एक रङ गोदाम र मूर्ती कारखानामा आज आगलागी भएको छ ।आज विहान ११ बजेतिर दिनेश पण्डितको जग्गामा रहेको टहरामा रहेको रमेश व्यञ्जनकारको रङको गोदाममा र टहराभित्र रहेको नसीब अन्सारीको मुर्ति कारखानामा आगोलागी भएको हो ।
आगलागीबाट टहरा, रङ गोदाम र मुर्ति पसलका गरी २५ लाख रुपैयाँ क्षति भएको प्रहरी निरीक्षक किरणप्रकाश मल्लले जानकारी दिए ।
ललितपुर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।