केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज धान दिवसको अवसरमा मन्त्रीहरुले धान रोप्दै

सहयात्रा टिभी

काठमाण्डौं । असार–१५, आज असार १५ गते देशभर धान रोपेर धान दिवस मनाइँदै छ । कृषकहरुको हौषला बढाउने उद्देश्यले मनाउन थालिएको यो दिवसमा आज विभिन्न कार्यक्रमहरुको आयोजना गरि कृषि मन्त्री देखि रक्षा मन्त्री सम्मले धान रोपेर धान दिवस मनाउने भएका छन् ।

आज कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रीले कपिलवस्तुको तिलौराकोट दरबारको पूर्वी गेट अगाडि धान रोप्दैछन् भने युवा संघ र वाईसियलको संयुक्त आयोजनामा बूढानीलकण्ठमा आयोजना गरिएको कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि धान रोप्ने भएका छन् ।

त्यसैगरि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पनि काठमाडौंको बौद्धमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा सरिक भएर धान रोप्ने बताइएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा ०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि प्रत्येक वर्षको असार १५ लाई धान दिवसको रुपमा मनाइँदै आइएको छ ।

‘धान उत्पादनमा वृद्धि : राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ यस वर्ष सरकारले दक्षिणकालीमा धान दिवसको कार्यक्रमको आयोजना गरेको छ ।

आजको दिनलाई दहि चिउरा खाने दिन पनि भनिन्छ । आज सबैले घरघरमा दहिचिउरा, केरा खाएर पनि रमाइलो गर्ने गर्छन । धान रोप्ने दिवसलाई कृषकहरुले मात्र प्राथमिकता दिएपनि दहि र चिउरा खाने परम्परालाई भने शहरि क्षेत्रमा पनि मनाइएको पाइन्छ ।

प्रकाशित : 29 June, 2018

प्रतिक्रिया दिनुहोस्