केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रघुनाथ पुरीलाई फसाइएको भन्दै प्रगतिशिल मञ्चको आपत्ती (बिज्ञप्तीसहित)

सहयात्रा टिभी

काठमाण्डौं । असार–१५, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका सल्लाहकार तथा प्रतिष्ठित ब्यवसायी रघुनाथ पुरीलाई फसाइएको भन्दै प्रगतिशिल मञ्चले आपत्ती जनाएको छ । फरक विचारधाराका प्रतिस्पर्धीहरुको उक्साहटमा प्रहरी प्रशासनले पुरीलाई नियतबस दुःख दिन खोजेको भन्दै प्रगतिशिल मञ्चले कडा आपत्ती जनाएको हो ।

प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष चित्रगुप्त साँवाले विज्ञप्ती नै जारी गरी पुरीसँग भएको हतियारको बिषयलाई लिएर प्रहरीले अत्यन्तै गलत सूचना प्रवाह गरिएको उल्लेख गरेका छन् ।

जिल्ला प्रशासन कार्यलयबाट इजाजतपत्र लिएर वैधानिक रुपमा घरमा राखेको एक थान राइफल पुरीले केही दिनअघि प्रहरी महाशाखामै पुगेर बुझाएको तर प्रहरीले उक्त घटनालाई गलत तरिकाबाट प्रचार गरि पुरीको बदनाम गरेको भन्दै साँवाले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

प्रहरीलाई उधृत गर्दै सञ्चार माध्यमहरुले पुरीले हतियारको दुरुपयोग गरेको समाचार आएपछि मञ्चले यसको प्रतिवाद गरेको हो ।

अध्यक्ष साँवाले विज्ञप्तीमा भनेका छन, ‘प्रहरीले जिम्मेवार व्यवसायीको पृष्ठभूमि र दैनिक व्यवसायिक आचरण नबुझी आफैंले लाइसेन्सप्राप्त हतियार बुझाएको विषयलाई अन्यथा अर्थ लगाउनु खोज्नु दुःखद हो ।’ साथै उनले संञ्चारकर्मी मित्रहरुलाई पनि यथार्थ बुझेरमात्र समाचार सम्प्रेषण गर्न र निर्भयपूर्वक व्यवसाय गर्ने वातावरण सृजना गर्न अनुरोध गरेका छन् ।

प्रकाशित : 29 June, 2018

प्रतिक्रिया दिनुहोस्