केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विद्यार्थी संगठनहरुको शैक्षिक हडताल फिर्ता (सहमति पत्रसहित)

सहयात्रा टिभी

काठमाण्डौं । असार–१९, नौ विद्यार्थी संगठन आवद्ध रहि संयुक्त रुपमा गर्न लागेको ३ दिने शैक्षिक हडताल विद्यार्थि संगठनले फिर्ता लिएका छन् । शिक्षा मन्त्रालयमा सोमबार राति अबेरसम्म चलेको वार्तामा नौ बुँदे सहमति भएपछि विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता लिएका हुन् ।

नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीसहित नौ विद्यार्थी संगठनहरुले विभिन्न शैक्षिक मुद्दाहरु अघि सारि २०,२१ र २२ गते शैक्षिक हडताल गर्ने घोषण गरेका थिए ।

निजी विद्यालयहरुले बढाएको शुल्क एक महिनाभित्र फिर्ता वा समायोजन गर्नेलगायतका सहमति भएकाले आन्दोलन फिर्ता लिएको गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) सम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले बताए । तिन दिने शैक्षिक हडतालका साथै सम्पूर्ण विरोध कार्यक्रम फिर्ता लिइएको समेत उनले जनाए ।

मन्त्रालयको तर्फबाट सहसचिव सूर्य प्रसाद गौतम, शिक्षा बिभागका महानिर्देशक बाबुराम पौडेल, प्याब्सनका कार्यवाहक अध्यक्ष  डिके ढुंगाना, एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटालगायत सहभागी भई सोमबार अपराह्न साढे चार बजेदेखि सुरु भएको वार्ता राति करिब साढे ११ बजे टुंगिएको थियो ।

सहमति पत्र: 

प्रकाशित : 3 July, 2018

प्रतिक्रिया दिनुहोस्