केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महोत्तरीका ५० भन्दा बढि गाउँ बाढिको जोखिममा

सहयात्रा टिभी

महात्तरी । असार–१९, माहोत्तरी जिल्लाका ५० भन्दा बढि गाउँ बाढिको उच्च जोखिममा परेका छन् । तीनदिन देखि परेको अविरल वर्षाको कारण महोत्तरी जिल्लाका आठ नगरपालिका र दुई गाउँपालिकाका गरि जम्म ५० भन्दा बढि गाउँ बाढिको जोखिममा परेका हुन् ।

विभिन्न नगरपालिका तथा गाउँपालिका भएर बग्ने रातु, मरहा, जंघा, विग्ही, कुटमेश्वरीलगायतका नदीमा बाढीको पानीको सतह तीव्ररुपमा बढिरहेका कारण कुनै पनि बेला नदीको पानी गाउँ बस्तीमा पसेर गाउँ डुबाउन सक्ने त्रासमय गुनासो स्थानियले पोखेका छन् ।

ती नगरपालिका र गाउँपालिकाका प्रमुखले समेत लगातारको वर्षाका कारण यसपालि पनि ठूलै बाढी आउन सक्ने संकेत देखिएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन् ।

जिल्ला दैवीप्रकोप उद्धार समितिले पनि यसपालि बाढिको खतरा बढेकाले स्थानियलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित : 3 July, 2018

प्रतिक्रिया दिनुहोस्