सुनसरी जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषीत

सहयात्रा टिभी

इटहरी । असार–२०, सुनसरी जिल्ला खुल्ला दिसामुक्त घोषीत भएको छ । मंगलबार सुनसरी जिल्लाको सदरमुकाम इनरुवा नगरपालिकाको खेल मैदानमा विशेष समारोहको आयोजना गरी सुनसरी जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको हो ।

समारोहमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरी र प्रदेश नं १ का वन, पर्यटन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुशियत र खानेपानी तथा ढल निकास विभागका उप–महानिर्देशक मनोज घिमिरेलगायतको उपस्थितिमा सुनसरीलाई खुल्ला दिसामुक्त घोषणा गरिएको थियो ।

सुनसरी जिल्लाका एकलाख ४४ हजार ३४७ घरमा सबैले चर्पी निर्माण गरेर प्रयोग गरेको अनुगमन प्रतिवेदनमा देखिएको छ ।

उक्त अनुगमनका लागी जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समिति, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, इटहरी, सुनसरी, स्थानीय सरसफाइ तथा स्वच्छता समन्वय समिति र युएन ह्याविट्याटको सहयोगमा नारी विकास संघ, प्रयास नेपाल लगायत दर्जनभन्दा बढी गैरसरकारी संस्थाले सक्रिय भुमिका खेलेका थिए ।

प्रकाशित : 4 July, 2018

प्रतिक्रिया दिनुहोस्