सन्तोष खड्काको नयाँ गित झिमझिम पानी सार्वजनिक हुँदै
काठमाण्डौं । असार–२०, संगीत क्षेत्रमा उदाउँदै गरेका सन्तोष खड्काको नयाँ गीत ‘झिमझिम पानी’ शनिबार सार्वजनिक हुँदै छ । यस अघि पनि निकै गीत गाइसकेका गायक खड्काको आफ्नै शब्दसंगीत रहेको सेन्टिमेन्टल पप गीत ‘झिमझिम पानी’ यहि शनिबार सार्वजनिक हुने भएको हो ।
आफैँले शब्दको रचना गरि संगीत भर्ने उनले गीत पनि आफैँले गाउने गर्छन । निकै संघर्ष पछि संगीत क्षेत्रमा स्थान बनाउन सफल खड्का आफैँमा एक प्रतिभावान व्यक्ति हुन् । यस अघि उनले ‘साउ बाकी छोरी’, ‘माईमेला घुम्न जाँदा जस्ता गीतहरु आफ्नै शब्द संगीतमा सार्वजनिक गरिसकेका छन् ।
सानैबाट संगीत क्षेत्रमा रुचि रहेका खड्काले घरपरिवार चलाउनको निम्ति देशविदेशमा समेत दुख गरिरहँदा पनि संगीत प्रतिको मोह भने कहिलै कमि नभएको बताउँछन् । उनले धेरै स्टेज कार्यक्रमहरु मार्फत धेरै मानिसहरुको मन जित्न सफल भएका छन् । समाज सेवामा समेत रुचि राख्ने उनले आफु आफ्नो गाउँघरमा रहन नपाएपनि गाउँघर गएको समयमा एउटा न एउटा नयाँ कार्यक्रम लिएर जाने र मानोरञ्जन प्रदान गर्ने काम गर्छन ।
सानै उमेरमा बाबुआमा गुमाउन पुगेका गायक खड्काको जीवन निकै कष्टकर र संघर्षमय थियो । खोटाङ जिल्लामा जन्म भइ हाल मोरङमा स्थायी घर भएका ३० वर्षिय खड्का चाँडै नेपालीहरुको मनमष्तिस्कमा छाउने संकेत देखिएको छ ।
शनिबार सार्वजनिक हुन लागेको उनको नयाँ गीतले उनलाई संगीत क्षेत्रको उचाइमा पु¥याउने उनको विश्वास रहेको छ ।