‘म महिला हुँ’, के म कमजोर छु ?
सहयात्रा टिभी
सहयात्राटीभी सम्पादकीय : राज्यको चौँथो अंगको रुपमा रहेको ‘पत्रकारीता’ पेशा निकै जोखीमपूर्ण पेसा हो । त्यसमा पनि महिलाको हकमा यो पेशा चुनौतीपूर्ण नै छ । महिलाहरुले यो पेशा अपनाउन आफैले ठूलो हिम्मत गर्नु त छँदै छ, घरपरिवार र समाजलाई सम्झाएर हरेक पाईलामा देखिने जोखिमलाई समेत सामना गर्न सक्नुपर्छ । पुरुषहरुको निम्ति यो पेसा जति जोखिमपूर्ण छ महिलाको निम्ति त्यो भन्दा पनि खतरनाक र कठिन छ । त्यसमा पनि सामाज र संस्कारको लहरामा जेलिएको नेपाली समाजका महिलाहरुको हकमा यो पेसा फलामको चिउरा चपाउनु जस्तै कठिन छ । केहि महिलाहरुले हिम्मत गरेर आफु पनि पुरुषसरह नै काम गर्न सक्छु भन्ने विश्वासका साथ फलामे चिउरा चपाउन पुरुष सरह उक्त कार्यमा बाहिर निस्किए पनि संकुचित सोच भएका समाज�
