केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिरियामा द्धन्द्ध जारी, विस्थापित हुनेको संख्या बढ्दो

सहयात्रा टिभी

एजेन्सी । असार–२१, दक्षिणी सिरियाली क्षेत्रमा जारी द्धन्द्धमा परि करिब ३ लाख मानिस विस्थापित भएका छन् । दुई हप्तायतादेखि झनै बढ्दै गएको उक्त क्षेत्रको द्धन्द्धको कारण विस्थापित हुनेको संख्या पनि बढ्दै गएको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ ।

दक्षिणी क्षेत्रमा जारी द्धन्द्धले मानिसहरुलाई आक्रान्त बनाउनुको साथै सो क्षेत्रमा आतङ्ककारीहरुको पनि घुसपैठ भइरहेको छ । सिरियामा सन् २०११ देखि सुरु भएको हिंसामा परी ४ लाख भन्दा बढी मानिस मारिएका छन् । सो हिंसाका कारण यहाँ ठूलो सङ्ख्यामा नागरिक विस्थापित भएका छन् ।

एक तथ्याङ्क भन्छ सिरियाका ६३ लाख नागरिक शरणार्थीका रुपमा बाँच्न बाध्य छन् । देशबाहिर विस्थापित हुन पुगेकाको सङ्ख्या पनि लाखौँ छ ।यसरी देश छोड्न बाध्य ती नागरिक विभिन्न छिमेकी देशमा शरणार्थीको जिवन विताउन बाध्य भएका छन् ।

यसैबीच बुधबार विज्ञप्तिमार्फत संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुथ्रेसले सिरियामा भइरहेका सैन्य गतिविधि ‘तत्काल रोक्न’ आग्रह गरेका छन् ।

प्रकाशित : 5 July, 2018

प्रतिक्रिया दिनुहोस्