केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आत्मरक्षाका लागी किशोरीहरुलाई तिन दिने तालिम

सहयात्रा टिभी

डडेलधुरा–२२, राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले किशोरीहरूलाई आत्मरक्षासम्बन्धी तीन दिने तालिम दिएको छ । महिला हिंसाका घटना बढ्न थालेपछि राखेपले डडेल्धुराका किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी तीन दिने आधारभूत तालिम दिएको हो ।

यो तालिममा अमरगढी नगरपालिकाभित्रका विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का ८० जना छात्रा सहभागि छन् । बढ्दो महिला हिंसाका घटनालाई निरुत्साहित गर्न, महिलाको आत्मबल बढाउन तथा खेलकुदप्रति महिलाको अभिरुचि बढाउन तालीम आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बहादुर मगरको भनाइ छ ।

तालिममा सहभागी किशोरीहरुले आफुलाई अफ्ट्यारो परेको समयमा सुरक्षित हुने उपयाहरु तालिमबाट प्राप्त भएको र तालिममा सिकेका कुरा गाउँघरमा अन्य किशोरीहरुलाई पनि सिकाउने गरेको बताए । यस्ता किसिमका कार्यक्रम डडेलधुरासहित ३० जिल्लामा सन्चालित छ ।

प्रकाशित : 6 July, 2018

प्रतिक्रिया दिनुहोस्