डिश मिडिया नेटवर्क लि.को संचालक समिति परिवर्तन(प्रेस विज्ञप्ति सहित)
सहयात्रा टिभी
काठमाण्डौं । असार–२२, डिश मिडिया नेटवर्क लिमिटेडको संचालक समिति परिवर्तन गरिएको छ । डिश मिडियाले बिहिबार संचालक समितिको बैठक बसी समिति परिवर्तन गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको हो ।
बिहिबार बसेको बैठकले संचालक तथा अध्यक्ष देवी प्रकाश भट्टचनको राजीनामालाई स्वीकार गरी सुदिप आचार्यलाई संचालक समितिमा नियुक्ति गरेको छ । आचार्य सोहि कम्पनिका कार्यकारी अधिकृतका साथै बिकास बैंक लिमिटेडका अध्यक्ष पनि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सन् २००९ मा स्थापित डिश मिडिया नेटवर्क लिमिटेडले ग्राहकहरुमा राम्रो सेवा प्रदान गर्दै आएको छ । सर्वसाधारणहरुमा शेयर समेत जारी गरि सर्वसाधारण स्वयमलाई डिश मिडियाको हकदार बनाउने प्रयासमा रहेको डिश मिडिया, डिजिटल प्रविधिबाट संचालित एक मात्र मिडिया हो ।