एउटा जिन्दगी

सहयात्रा टिभी

एउटा जिन्दगी

भुवा जस्तै

उड्न खोज्छ एउटा जिन्दगी

माथी माथी आकाश तर्फ,

 

छर्न खोज्छ एउटा जिन्दगी फुल

जस्तै फुलेर सुगन्ध

अनि बाँच्न खोज्छ त्यहि जिन्दगी पंछि

जस्तै भएर स्वतन्त्र,

 

कहिले बन्द,हड्ताल

कहिले हत्या हिंसा

अनि कहिले बलात्कार,

यस्तै यस्तै छ

देशको खबर हिजोआज,

 

कस्लाई सुनाउ

कस्ले सुनिदिन्छ पिडा

नेपाल आमा पनि

बिरक्तिएकी छिन् देखेर

यहाँ आफ्ना सन्तानहरुको चाला,

 

त्यसैले पनि

म हैरान छु,बेताब छु देखेर

यी छट्पटिं,यी बेचैनी

अनि समयको मौनतासंग

किन सवालमात्र गर्छ यो समाज

किन केही बोल्दैन अन्याय विरुद्ध !!

प्रकाशित : 10 July, 2018

प्रतिक्रिया दिनुहोस्