आत्मघाती हमलाबाट एक नेता सहित १३ जनाको मृत्यु
सहयात्रा टिभी
एजेन्सी । असार–२७, पाकिस्तानको पेशावरमा आत्मघाती हमला हुँदा एक नेतासहित १३ जनाको मृत्यु भएको छ । मंगलबार अबेर राति एक चुनावी कार्यक्रमलाई लक्षित गरी गरिएको हमलाबाट एक नेतासहित १३ जनाको मृत्यु भएको हो ।
आक्रमणमा अवामी नेशनल पार्टी (एएनपी)का नेता हारुन बिलोरको मृत्यु भएको छ । आक्रमणमा परि ५० जना भन्दा बढि घाइते भएका छन् ।
नेता बिलोर कार्यक्रमका लागी स्टेजमा चढ्नासाथ उक्त घटना भएको थियो । घाइते अवस्थामा रहेका बिलोरलाई तत्काल अस्पताल पु¥याइए पनि उनी बच्न भने सकेनन् ।
आक्रमणमा करिब ८ किलो डायनामाइटको प्रयोग गरिएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको पाकिस्तानका अधिकारीहरुले बताएका छन् ।