अमेरिका भर्सेस् टर्की : रोमाञ्चक सुरुवात, १० मिनेटभित्रै १–१ गोल
सहयात्रा टिभी
काठमाडौँ । असार १२, फिफा विश्वकप २०२६ अन्तर्गत समुह ‘डी’को खेलमा अमेरिका र टर्कीले प्रतिस्पर्धात्मक सुरुवात गरेका छन् । सुरुवाती १० मिनेटभित्रै दुवै टोलीले १–१ गोल गर्दै खेललाई रोमाञ्चक बनाएका छन् ।

खेलको तेस्रो मिनेटमै अमेरिकाले अग्रता लिएको थियो । अमेरिकाका लागि अस्टिन ट्रस्टीले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए । त्यसपछि खेलको १० औं मिनेटमा टर्कीका अर्दा गुलरले टिमका लागि गोल फर्काएका छन् ।
