केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मन्त्रिपरिषदको निर्णयविरुद्ध चन्द्रसिंह साउद सर्वोच्चमा

सहयात्रा टिभी

काठमाण्डौं । असार–२९, नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृतबाट हटाइएका चन्द्रसिंह साउदले सर्वोच्चमा रिट हालेका छन् । गैरकानूनी हिसाबले पदबाट हटाइएको भन्दै साउदले सर्वोच्चमा रिट हालेका हुन् ।

साउदको रिट निवेदनमाथि सर्वोच्चले शुक्रबार वा आइबार सुनुवाइ गर्ने सम्भावना छ । साउदले लोकसेवा आयोगको जस्तै परीक्षा दिएर कानूनसम्मत ढंगले सीईओमा नियुक्त भएको दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएको जानकारी दिए ।

साउदजस्तै कर्जा तथा निक्षेप सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्र र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालेसमेत सर्वोच्चमा रिट दायर गरेका थिए ।

बिहीबार सर्वोच्चले उनीहरुको रिट माथि सुनुवाइ गर्दै निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिइसकेको छ । अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिनेबारे छलफल गर्न सर्वोच्चले साउन २ र ३ गते दुवै पक्षलाई बोलाएको छ ।

प्रकाशित : 13 July, 2018

प्रतिक्रिया दिनुहोस्