केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मानिसको मृत्यु पछि नाकमा कपास कोच्नुको कारण यस्तो

सहयात्रा टिभी

काठमाण्डौं । असार–३१, विशेष गरी हिन्दु धर्मावलम्विहरुले मानिसको मृत्यु पश्चात मृतकको नाकमा कपास कोच्ने गरेको पाइन्छ तर यसको वास्तविकता भने हामी सबैलाई थाहा नहुन सक्छ । मृतकको नाकमा कपास कोच्नुको धार्मिक कारणका साथ साथै वैज्ञानिक कारण पनि रहेको पाइएको छ ।

हिन्दु धर्मको गरुण पुराणका अनुसार मृतकको शरीरका विभिन्न खुला भागहरुमा सुनको टुक्रा राखिदिनुपर्दछ । नाक, कान, आँखा, मुख जस्ता ठाउँमा सुनको टुक्रा राखिदिनुपर्ने यहीँ धार्मिक मान्यता रहेको र नाकको हकमा प्वाल अलिक ठूलो हुने र सुनको सानो टुक्रा खस्ने भएको हुँदा नाकभित्र सुनको टुक्रा हालेर त्यसलाई बाहिरबाट कपासले छोपिदिने गरिन्छ ।

त्यसै गरी यसको वैज्ञानिक कारण पनि छ । मृत्युपछि मानिसको नाक तथा कानबाट पानी निस्कन्छ । सोही पानी बाहिर नचुहियोस् भन्नका लागि नाक र कानमा समेत कपास कोच्ने गरिन्छ ।

साथै लासमा निकै छिटो संक्रमण हुने भएको र नाकबाट किटाणुको संक्रमण छिटो हुने हुनाले पनि नाकको प्वाल छोपिदिने गरिएको हो ।

प्रकाशित : 15 July, 2018

प्रतिक्रिया दिनुहोस्