८ महिनाकी बालिका १८ केजी पुगेपछि
एजेन्सी । असार–३२, एक बालिकाको जन्म भएको ८ महिनामा १८ केजी तौल पुगेको छ । भारतको पन्जाबमा चाहत कुमारी नाम गरेकी बालिका ८ महिनामा १८ केजी भएकी हुन् ।
उनी पाँच महिनाको हुँदा नै पाँच वर्षको बच्चाको जति नै तौल भएको उनका अभिभावक बताउँछन् । कुमारी खाना पनि ८ महिनाको उमेरमा नै १० वर्षको बालकले झैँ खाने गरेको उनका २३ वर्षीय बाबु सुरज बताउँछन् । जन्मदाँसम्म कुनौ समस्या नभइ सामान्य रहेकी कुमारीको ४ महिनाको उमेरबाट एक्कासी तौल बढ्न सुरु गरेको हो ।
आफ्नो बच्चाको अवस्था देखेर त्यतिकै चिन्तित रहेका कुमारीका बाबु सुरज र आमा रिना आफ्नो छोरीलाई हेरेर हाँस्नेहरुले अझ बढि चिन्ता थपिदिएको बताउँछन् । साथै आफ्नी अर्की छोरीको अवस्था पनि यस्तै हुने हो कि भनेर रातभर चिन्ताले निदाउन नसक्ने रिनाको अनुभव छ ।
छोरी कुमारीको अवस्था यस्तो हुनुमा आफ्नो र परिवारको कुनै दोष नभइ भगवानले नै यस्तै गराएको र यसमा भगवानकै दोष रहेको कुमारीका बाबु बताउँछन् ।