आधुनिक इतिहासका सबैभन्दा धनी व्यक्ति बेजोस

सहयात्रा टिभी

एजेन्सी । श्रावण–१, आधुनिक इतिहासका सबैभन्दा धनी व्यक्ति अनलाइन रिटेल कम्पनी एमेजोनका संस्थापक जेफ बेजोस बनेका छन् । सोमबार बेजोसको कूल सम्पत्ति संसारका दोस्रो धनी व्यक्ति माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सको सम्पत्तिभन्दा करिब ५५ अर्ब डलर धेरै भएपछि उनी धनी व्यक्ति ठहरीएका हुन् ।

ब्लूमबर्गका अनुसार सोमबार उनको सम्पत्ति १५० अर्ब डलर थियो ।

गत वर्ष बढेको महँगीका हिसाबले हेर्ने हो भने पनि ५४ वर्षका बेजोसले गेट्लाई पछि पारेका छन् । वास्तवमा गेट्सले सन् १९९९ मा सय अर्ब डलरको आँकडालाई छोएको थियो । यो आँकडा आजको हिसाबले १ सय ४९ अर्ब डलर मानिन्छ । यसरी एमेजोनका सिइओ बेजोस १ सय ५० अर्ब डलरको सम्पत्तिसहित सन् १९८२ देखि अहिलेसम्मका सबैभन्दा धनी व्यक्ति भएका छन् ।

प्रकाशित : 17 July, 2018

प्रतिक्रिया दिनुहोस्