ट्रम्पले एकै दिनमा बोली फेर्दै गुप्तचरको निष्कर्ष स्वीकारे

सहयात्रा टिभी

एजेन्सी । श्रावण–२, सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुनिटसँगको भेटपछि रुसले अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप नगरेको अभिव्यक्ति दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुन बोली बदलेर अमेरिकी गुप्तचर निकायहरूको निष्कर्ष स्वीकारेका छन् ।

पहिले देखी नै गुप्तचरको निष्कर्ष अस्वीकार गर्दै आएका ट्रम्पले सोमबार पुटिनसँगको भेटमा पनि रुसले निर्वाचनमा हस्तक्षेप नगरेको बताएपनि त्यसको एक दिन पछि नै सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने अमेरिकी गुप्तचर निकायहरूको निष्कर्ष स्वीकारेका हुन् ।

सोमवार प्रस्ट रुपमा आफ्ना कुरा राख्न नसक्दा गलत सन्देश प्रवाह भएको ट्रम्पको भनाइ छ ।

उनको अभिव्यक्तिलाई लिएर आलोचना भइरहेका बेला ट्रम्पले भनेका छन्– अमेरिकी चुनावमा रुसले हस्तक्षेप गर्नुपर्ने कारण आफूले नदेखेको भन्न खोजेको हुँ ।’

प्रकाशित : 18 July, 2018

प्रतिक्रिया दिनुहोस्