विराटनगर जुट मिल बिहिबारबाट पुन सञ्चालन

सहयात्रा टिभी

विराटनगर । श्रावण–२, धेरै पटक सञ्चालन हुँदै बन्द हुँदै आएको विराटनगर जुट मिल बिहिबारबाट पुन सञ्चालन हुने भएको छ । परीक्षण स्वरुप दैनिक २० टन जुटको सामग्री मिलबाट उत्पादन गर्ने लक्ष्यका साथ बिहिबारबाट मिल सञ्चालन गरिने तयारी गरिएको हो ।

हाल मिलको मेसेनरी मर्मत र विद्युत जडानको काम एक साथ भइरहेको मिल सञ्चालक समितिका अध्यक्ष बसन्त वनले जानकारी दिए । ‘अहिलेको अवस्थामा दैनिक ६ टन जुटको सामग्री उत्पादनबाट काम सुरु गर्छौं’ वनले भने ‘त्यसपछि एक महिनाभित्रै मिल पूर्ण सञ्चालनमा ल्याउने तयारी गरेका छौं ।’

लामो समयदेखि बन्दको अबस्थामा रहेको मिलले विद्युत खपत गरेको पैसा नदिएपछि पछिल्लो समय ३ फागुनमा लाइन कटिएको थियो ।

मिल पूर्ण रुपमा सञ्चालनमा आएमा ३ सय मजदुरले रोजगारी पाउने छन् । मिल पुन सञ्चालन भएसँगै मिल प्रसाशनले करारमा कार्यरत १० कर्मचारीलाई हटाएको छ । कर्मचारीको करारको अवधि सकिएपछि उनीहरुलाई हटाइएको मिल प्रशासनले जनाएको छ ।

प्रकाशित : 18 July, 2018

प्रतिक्रिया दिनुहोस्