इज्जत बचाउन छोराछोरीको हत्या पनि गरिन्छ

एजेन्सी । श्रावण–६, मानिसहरुलाई इज्जतको निकै महत्व लाग्छ । त्यसैले प्रत्येक बावुआमाले आफ्ना छोराछोरीले इज्जत बढाउने काम नगरे पनि इज्जत गुमाउने काम पनि नगरुन भन्ने सोचेका हुन्छन् । इज्जतकै निम्ति कुनै बावुआमाले छोराछोरीको हत्या सम्म गर्न पनि पछि नपर्ने घटना पनि कहिँकतै सुनिन्दै आएको छ । त्यस्तै शुक्रबार भारतमा एउटा घटना भयो।
शुक्रबार भारतमा एक बावुले अफ्नै छोरीलाई जिँउदै जलाएका छन् । प्रहरीका अनुसार भारतको मध्य प्रदेशको खण्डवा जिल्लामा छोरीले परिवारको इच्छाविना विवाह गर्ने सोच बनाएकोले बावुले नै छोरीलाई जलाएर मारेका हन् ।
शुक्रबार १९ वर्षीया युवती लक्ष्मी बाई आफ्ना प्रेमीको घर गएकी थिइन् । लक्ष्मीलाई उनका बावु र दाईले त्यहाँबाट घिसार्दै घर ल्याएका थिए । लक्ष्मीका पिता सुन्दरलाल जाटव र दाइ राजेन्द्रले उनलाई घर ल्याएपपछि मट्टितेल खन्याएर जलाएको प्रहरीले बताएका छन् ।
लक्ष्मीको घटनास्थलमै मृत्यु भएको थियो । लक्ष्मीका बावु र दाईलाई प्रहरीले पक्राउ गरिसकेको छ र बाँकि अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।
पुलिस अधिक्षक रुचिवर्धन मिश्राले भने, ‘बुवा र दाइ दुबैलाई पक्राउ गरिसकिएको छ । हामीले घटनाको हरेक पक्षबाट अनुसन्धान गरिरहेका छौं । मानिसहरुको बयान लिदैछौं, त्यतिपछि मात्र थाहा हुन्छ कि के भएको थियो ।’