केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिजुली पुगेपछि गाउँको नाम, ‘कुलमान घिसिङ चोक’

सहयात्रा टिभी

झापा । श्रावण–६, झापामा एक गाउँको नाम नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा ‘कुलमान घिसिङ चोक’ राखिएको छ । नेपालबाट विद्युत भारत कटौती गर्ने महाअभियानमा लागेको भन्दै दुई नगरपालिकाको विचमा रहेको झापाको एक गाउँले गाउँको नाम परिवर्तन गरि कुलमान घिसिङ चोक नामकरण गरेको हो ।

कनकाई–४ र शिवसताक्षी–१० को विचमा पर्ने टेक्रा गाउँको नाम गाउँवासीले परिवर्तन गरेका हुन् । दुई सय घरधुरी रहेको उक्त टेक्रा गाउँमा सय भन्दा बढि परिवारले बिजुली सेवा नपाएर टुकी बालेर गुजारा चलाउँदै आएका थिए ।

बिजुली बत्ति पुगेको घरमा समेत भोल्टेज नपुग्ने समस्याले गाउँलेहरु हैरान भएका थिए । गाउँलेहरुले आफ्नो गाउँको समस्या कुलमान घिसिङ सामु राखेपछि त्यसको केहि समयमा नै गाउँमा बिजुली बत्ति पर्याप्त पुगेपछि गाउँबासि खुसी हुनुको साथै गाउँको नामनै परिवर्तन गरि कुलमान घिसिङ चोक राखे ।

गाउँको नाम नामकरणका अध्यक्ष श्याम ओलीले भने, ‘कुलमानजीलाई हामीले समस्या बताउँदा, अहिले विद्युतको कुनै समस्या छैन, तुरुन्तै व्यवस्था हुन्छ भने लगत्तै बिजुली पुगेपछि हामीले गाउँको नाम कुलमान घिसिङ राखेका हौँ ।’

प्रकाशित : 22 July, 2018

प्रतिक्रिया दिनुहोस्