पुरुषले दुईवटा विवाह गरे सरकारबाट भत्ता पाइने
एजेन्सी । श्रावण–६, नेपालमा एक भन्दा बढि विवाह गर्नु भनेको गैरकानुनी हुनुको साथै सामाजिक बहिष्कार स्वीकार्न तयार हुनु पनि हो । नेपालमा भर्खरै मात्र बहुविवाह सम्बन्धि जटिल नयाँ कानुन बनिरहेका बेला संयुक्त अरब इमिरेट अर्थात् युएइमा भने दुईवटा विवाह गर्ने पुरुषलाई सरकारले नै भत्ता दिने भएको छ ।
अविवाहित महिलाहरुको संख्या दिनप्रतिदिन बढिरहेको बेला ती महिलाहरुको विवाह होस भन्ने लक्ष्यका साथ सरकारले पुरुषलाई प्रोत्साहन गर्न यस्तो नियम बनाएको हो ।
युएइमा महिलाहरुको संख्या बढि भएकाले धेरै युवतीहरुको विवाह हुन सकिरहेको छैन् । यसै अवस्थालाई मध्यनजर गर्दै युएइका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यो अनौठो घोषणा गरेका छन् ।
उक्त घोषणसँगै पुरुषहरु दुईवटा विवाह गर्न उत्साहित हुने र अविवाहित युवतीहरुको संख्यामा कमि आउने विश्वास राखिएको छ । अबबाट दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत युएइ सरकारले आवास भत्ता प्रदान गर्ने अन्तराष्ट्रिय संचार माध्यमहरुले जानकारी दिएका छन् ।