३ सय ७५ ग्रामको दक्षिण पूर्व एसियाकै सानो बच्चाको जन्म
सहयात्रा टिभी
एजेन्सी । श्रावण–७, भारतमा दक्षिण तथा दक्षिण पूर्व एसियाकै सबैभन्दा सानो बच्चा जन्मिएको छ । हैदराबादस्थित रेन्बो हस्पिटलमा हालै ३७५ ग्रामको बच्चा सकुशल जन्मिएको हो । छत्तिसगढको एक दम्पत्तिले ३ सय ७५ ग्रामकी छोरी जन्माएका हुन् ।
आमा निकिताले गर्भ रहेको २५ औँ हप्तामै छोरी जन्माएका कारण बच्चीको तौल यति कम भएको हो । बच्चीको लम्बाई २० सेन्टिमिटर मात्र रहेको छ । उनको जीउ यति सानो छ कि एक मुट्ठीमै समाउन सकिन्छ ।
आमा र बच्चाको स्वास्थ्य अहिले सामान्य रहेको डाक्टरहरुले बताएका छन् । डाक्टरका अनुसार बच्चा जन्माउने सामान्य तालिका भन्दा ४ महिना अघि नै ती बच्चीको जन्म भएको हो ।