केपी ओली प्रचण्ड माधव नेपाल एमाले


घरघरमा पाइपलाइनबाट ग्यास वितरण सुरु

सहयात्रा टिभी

विराटनगर । श्रावण–८, घरघरमा पाइपलाइनबाट ग्यास वितरण गर्ने कार्य विराटनगरबाट सुरु हुने भएको छ । विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि पाइपलाइनबाट ग्यास वितरण कार्य सुरु हुने भएको हो ।

उर्जा मन्त्रालयअन्र्तगतको वैकल्पिक उर्जा प्रवद्धन केन्द्रद्धारा गौ सदनमा बायो ग्यास उत्पादनको काम थालेको डेढवर्ष पछि यसको परीक्षण सुरु भएको छ । जिल्ला विकास समितिको जिम्मेवारीमा निर्माण थालिएको बायो ग्यास प्लान्टलाई अहिले जिल्ला समन्वय समितिले नियमन गरेको छ ।

विश्व बैङ्कको ८४ लाख रुपैयाको सहयोग र गौसदनको २० प्रतिशत लगानीमा बायो ग्यास उत्पादन थालिएको हो ।

यसमा विराटनगर महानगरपालिकाले समेत पाँच लाख रुपैया उपलब्ध गराएको छ । उक्त कार्य अहिले अन्तिम चरणमा पुगिसकेको छ भने अब छिट्टै नै पाइपलाइनबाट ग्यास वितरण सुरु हुने बताइएको छ ।

प्रकाशित : 24 July, 2018

प्रतिक्रिया दिनुहोस्