थुनामा रहेकी अविवाहित युवतीबाट जन्मियो बच्चा
सहयात्रा टिभी
दमक । श्रावण–११, जिल्ला कारागार झापामा थुनामा रहेकी एक बीस वर्षीया युवतीबाट बच्चा जन्मिएको छ । सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेकी अविवाहित महिलाले मेची अञ्चल अस्पतालमा बुधवार राति छोरीलाई जन्म दिएकी हुन् ।
आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेकोले बुधबार नै आमा र शिशुलाई नै कारागार ल्याइएको कारागार प्रमुख यज्ञराज निरौलाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालयले गत चैतमा बिर्तामोडको एक होटलबाट पक्राउ गरेर उनीमाथि सार्वजनिक मुद्दा दर्ता गरेको थियो । प्रहरीका अनुसार उनी थुनामा पर्नु अघि नै गर्भवति भएकी थिइन् ।