एसिया कप भारतमा नहुने

एजेन्सी । श्रावण–११, यसअघि भारतमा आयोजना हुने भनिएको एसिया कप छनौट प्रतियोगिता मलेसियामा आयोजना हुने भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले यहि अगस्ट २७ तारिख देखि सेप्टेम्बर ७ तारिखसम्म प्रतियोगिता मलेसियामा सन्चालन हुने घोषणा गरेको हो।
एसीसीले खेलतालिका सार्वजनिक गरेको छैन। एसिया कप छनौटमा संयुक्त अरब इमिरेट्स (युएई), नेपाल, हंगकंग, ओमान, सिंगापुर र आयोजक मलेसियाको सहभागीता रहनेछ। प्रतियोगिताको विजेताले १५ सेप्टेम्बर देखि २८ सम्म युएईमा आयोजना हुने एसिया कपमा सहभागी हुन पाउने छ भने डिसेम्बरमा आयोजना हुने इमर्जिङ्ग टिम्स एसिया कपमा समेत स्वतः छनौट हुनेछ।
इमर्जिङ्ग टिम्स एसिया कपमा एसियाली टेस्ट राष्ट्रका २३ बर्ष मुनिका खेलाडीहरुले सहभागिता जनाउनेछन्।