पत्रकारलाई ‘जनताका शत्रुका रूपमा’ चित्रण नगर्न ट्रम्पसँग आग्रह

सहयात्रा टिभी

एजेन्सी । श्रावण–१४, द न्यूयोर्क टाइम्सका प्रकाशकले पत्रकारलाई ‘जनताका शत्रुका रूपमा’ चित्रण गर्ने कार्यलाई निरन्तरता नदिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेका छन्।

पत्रकारलाई जनताको शत्रुको रुपमा हेरिँदा सञ्चार माध्यममाथि हिंसा हुने भएकाले प्रकाशक एजी सल्जबर्गरले पत्रकारहरुलाई जनताको शत्रुको रुपमा चित्रण नगर्न आग्रह गरेका हुन् ।

यस विषयमा भएको कुराकानीलाई सार्वजनिक नगर्ने भन्ने निर्णय भए पनि बैठक लगत्तै राष्ट्रपति ट्रम्पले सबभन्दा पहिले ट्वीटरमा एकदमै राम्रो कुराकानी भएको भनि बताए पनि दोस्रो पटक भने उनले ‘सञ्चार माध्यमहरूबाट ठूलो मात्रामा झूटा समाचारहरू पस्किने गरिएको र त्यो कसरी शब्दावली बन्न पुग्यो भन्ने विषयमा मैले लामो कुराकानी गरेँ।’ ‘जनताका शत्रु।’ दुःखद ।” भनि ट्वीट गरेका छन् ।

ट्रम्पले छलफलमा भएका कुरा सार्वजनिक गरिदिएपछि द न्यूयोर्क टाइम्सले त्यसको जवाफ दिने भन्दै विज्ञप्ति निकालेको हो।

प्रकाशित : 30 July, 2018

प्रतिक्रिया दिनुहोस्