अज्ञात समुहद्धारा सुनुवाइ समितिका सदस्य पालमाथि तोकियो पेस्तोल

सहयात्रा टिभी

काठमाण्डौं ।साउन–१६, संसदीय सनुवाइ समितिका एकजना सदस्यलाई पेस्तोल बोकेका मानिसले घरमै आएर धम्काएको तथ्य खुलेको छ । मंगलबार राति बानेश्वरस्थित आफ्नै निवासमा बसेकी नेकपाकी सांसद निरु पाललाई दुईजना हतियार बोकेर आएका व्यक्तिहरूले धम्काएका हुन् ।

प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीको संसदीय सनुवाइलाई प्रभावित पार्नका लागि उनलाई धम्काइएको बुझिएको छ । नेकपाका एक सांसदका अनुसार पालको मोबाइलसमेत खोसेर लगिएको छ ।

समितिका सदस्यलाई हतियारधारीहरूले निशाना बनाउन खोजेपछि सुरक्षा समितिले सदस्यहरूलाई पिएसओको व्यवस्था गरेको छ । कतिपयले पिएसओ लिएका छन् भने कतिपयले लिएका छैनन् ।

तर, महानगरीय प्रहरी परिसर रानीपोखरीका एसएसपी पूर्ण जोशीले सनुवाइ समितिका सदस्यहरूलाई सुरक्षा थ्रेट नभएको बताएका छन्।

 

प्रकाशित : 1 August, 2018

प्रतिक्रिया दिनुहोस्