केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्यानाडा जान लाग्दा फर्काइएका उपकुलपति कोइरालामाथि छानबिन सुरु

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–१७, स्वीकृति नलिई विदेश जान लागेको र विभिन्न आर्थिक  अनियमितताको विषयमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालामाथि छानविन गर्न चार सदस्यीय समिति गठन गरिएको छ ।

बुधबार उपकुलपति प्रा.डा. कोइरालाको विश्व संस्कृत सम्मेलनमा सहभागी जनाउने प्रकृया सम्बन्धी विषय र विश्वविद्यालयसम्बन्धी परेका विभिन्न उजुरीका सम्बन्धमा आवश्यक छानबिन गरी प्रतिवेदन पेश गर्न प्रा.डा. राममान श्रेष्ठको संयोजकत्वमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  छानबिन समिति गठन गरेको हो।

उक्त समितिमा प्रा.डा. लक्ष्मीप्रसाद मैनाली, नेपाल ल क्याम्पस, डा. विकास अधिकारी, विश्वविद्यालय अनुदान आयोग र देवकुमारी गुरागाईं, सहसचिव सदस्य रहेका छन् ।

गत असार २३ गते १७औँ विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा उपकुलपति कोइरालाले मन्त्रालयबाट स्वीकृति नलिएको भन्दै त्रिभुवन विमानस्थलबाट फर्काइएको थियो ।

सो विषय संघीय संसदमा पनि आवाज उठेपछि सरकारले कोइरालाबारे परेका उजुरीका सम्बन्धमा छानबिन गर्ने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले पनि उपकुलपति कोइरालाले विश्वविद्यालयको ऐन, नियम, विधि तथा प्रचलित परम्पराको उल्लंघन गरेर अनियमितता गर्दै आएकाले कोइरालामाथि छानबिन गर्न माग गरेका थिए।

प्रकाशित : 2 August, 2018

प्रतिक्रिया दिनुहोस्