जिम्बाब्बेको राष्ट्रपतिमा एमर्सन मनांगाग्वा निर्वाचित
सहयात्रा टिभी
एजेन्सी । श्रावण–१८, जिम्बाब्बेमा भएको राष्ट्रपतिको निर्वाचनमा एमर्सन मनांगाग्वा निर्वाचित भएका छन् । जिम्बाब्बेमा गत सोमबार सम्पन्न निर्वाचनमा पूर्वराष्ट्रपति रोबर्ट मुगाबेले समर्थन गरेको पार्टीका उम्मेदवार नेल्सन चमिसालाई थोरै मत अन्तरले पराजित गर्दै मनांगाग्वा विजयी भएका हुन् ।
आयोगले जनाएअनुसार मनांगाग्वाले ५०.८ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी विपक्षी नेता नेलसन चमिसाले ४४.३ प्रतिशत मत प्राप्त गरेका छन् ।
मूवमेन्ट फर डेमोक्रेटिक चेन्ज ‘एमडीसी’ गठबन्धका अध्यक्ष मोर्गन कोमिचीले निर्वाचन परिणामलाई अस्वीकार गर्दै धाँधली भएको आरोप लगाएका छन् ।
तर, जिम्बावेको निर्वाचन आयोगले भने निर्वाचनका क्रममा कुनै धाँधली नभएको जिकिर गरेको छ ।