केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सांसद निरु पाल पेस्तोल काण्डः अनुसन्धानका लागी ७५ जना नियन्त्रणमा

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–१८, संसदीय सनुवाइ समितिकी सदस्य सांसद निरु पाललाई पेस्तोल देखाएर धम्की दिएको विषयमा अनुसन्धानका लागी प्रहरीले ७५ जनालाई नियन्त्रणमा लिएको छ । घटनाको अनुन्धानका लागी सादा पोसाकमा खटिएका ८० जना प्रहरीहरुको माध्यमबाट शंकालु ७५ जनालाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरि नियन्त्रणमा लिइएको हो ।

सांसद निरु पालको पेस्तोल काण्डको अनुसन्धानका लागी वानेश्वर वृत्तका डीएसपी गोविन्दराज काफ्ले र महानगरीय प्रहरी परिसर काठमाडौंका सादा पोशाकका प्रहरी निरीक्षक अनिल ठकुरी पनि खटिएका छन् ।

बिहिबार घटनाको अनुसन्धानका लागि काठमाण्डौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल आफैँ महानगरीय प्रहरी वृत्त, बानेश्वर पुगेका थिए ।

साउन १५ गते बेलुका ८ बजे नेपाल कम्युनिस्ट पार्टीकी सांसद निरु पाललाई काठमाण्डौंको बानेश्वरमा दुईजना अज्ञात हतियारधारिहरुले पेस्तोल देखाइ धम्क्याएका थिए ।

प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीको संसदीय सनुवाइलाई प्रभावित पार्नका लागि उनलाई धम्काइएको बुझिएको छ ।

नियन्त्रणमा लिइएका शंकालु अभियुक्तहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

प्रकाशित : 3 August, 2018

प्रतिक्रिया दिनुहोस्