केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बोल्न नसक्ने र हातखुट्टा नचल्ने बालकले आँखाको इसारामा लेखे किताब

सहयात्रा टिभी

एजेन्सी । श्रावण–१८, इंगल्याण्डमा बोल्न नसक्ने र हात खुट्टा राम्रोसँग नचल्ने एक १२ वर्षका बालकले आँखाको इसारामा एक वर्षमा एउटा किताब लेखेका छन् । इंगल्याण्डका जोनाथन ब्रायन नामका बोल्न नसक्ने र हात पनि नचल्ने १२ वर्षीय बालकले एक वर्षमा एउटा किताब लेखेर विश्वभरी चर्चित बनेका हुन् ।

जन्मजात गम्भीर मस्तिष्कघातबाट पीडित जोनाथन ब्रायन ह्विलचेयरको सहारामा हिँड्छन् । आफ्नो शरिरलाई हल्लाउन पनि नसक्ने उनले आँखाको इशाराले ‘आई क्यान राइट’ नामक किताब लेखेका छन् ।

उनको आमा बुवाले उनलाई निकै मेहनत गरि पढाउने कोसिस गरेका थिए । उनले ९ वर्षको उमेरमात्र केहि शब्दहरु उच्चारण गर्न सक्ने भएका थिए । विस्तारै उनी इ–ट्रान फ्रेमको मद्दतले मानिसहरुसँग कुरा गर्न थाले ।

इ–ट्रान फ्रेम कलर कोडिङ भएको एक पारदर्शी प्लाष्टिक बोर्ड हो । भिन्न क्षमता भएका व्यक्तिले यसमा बनेको चित्र र शब्दलाई आँखाको इशाराले बताउने गर्छन् । यसरी नै उनी सोधिएको प्रश्नको जवाफ दिने गर्छन् ।

जोनाथनकी आमाका अनुसार उनीहरुले छोराको आँखाको इशारा हेरेर, उनले भन्न खोजेका कुरालाई किताबमा लेखेका हुन् । जोनाथनको किताबमा उनकी आमाको पनि बयान छ । यसमा उनले जोनाथनको सुरुवाती जीवन र उनले अक्षर कसरी चिने भन्ने बारे बताएकी छिन् । त्यसपछि जोनाथनले आफ्नो कथा सुरु गरेका छन् ।

शारिरीक रुपमा कमजोर हुँदैमा मानिस सम्पूर्ण कुरामा कमजोर हुन सक्दैन भनि सबैलाई प्रेरणा प्रदान गर्ने उद्देश्यले उनले किताब लेखेका हुन् ।

प्रकाशित : 3 August, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्