ड्रोन हमलामा मुस्किलले जोगिए राष्ट्रपति

सहयात्रा टिभी

काठमाण्डौंं । श्रावण–२०, भेनेजुयलामा राष्ट्रपति निकोलस मदुरोलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ । राष्ट्रपति मदुरोले कराकसमा एउटा कार्यक्रममा टेलिभिजनमार्फत प्रत्यक्ष सम्बोधन गरिरहँदा उनलाई नै लक्ष्यीत गरि ड्रोन विस्फोट भएको हो ।

उक्त हमलामा राष्ट्रपति मदुरोलाई कुनै चोटपटक नलागेपनि अन्य सात जना सैनिकहरु घाइते भएको बताइएको छ । ड्रोन हमला भएपछि सुरक्षाकर्मीहरुले राष्ट्रपतिलाई घेरा हालेर सुरक्षित स्थानमा लगेका थिए ।

सञ्चारमन्त्री होर्खे रोड्रिगुएजले राष्ट्रपतिको ज्यान लिने उद्देश्यका साथ विस्फोट गराइएको बताएका छन्।

खुला मैदानमा आयोजना गरिएको कार्यक्रम जुन टलिभिजनमा पनि प्रत्यक्ष प्रशारण भइरहेको थियो, उक्त कार्यक्रममा राष्ट्रपति मडुरोले भाषण गरिरहँदा उनीसहित कार्यक्रममा सहभागी अरूले अचानक माथि हेरेर तर्सिएका थिए, त्यसपछि टेलिभिजन प्रशारणमा आवाज र दृष्य दुवै बन्द भएको थियो ।

घटनापछि राष्ट्रपतिले छिमेकी देश कोलम्बिया र अमेरिकाका केही तत्वहरुले आफ्नो हत्या गर्ने ‘दक्षिणपन्थी षडयन्त्र’ अनुसार ड्रोन आक्रमण गरेको आरोप लगाएका छन् । राष्ट्रपति मादुरोले घटनाको पछाडि कोलम्बियाली राष्ट्रपति जुवान म्यानुएल सान्तोसको हात रहेको  बताएका छन् ।

तर कोलम्बियाको सरकारले भने घटनामा आफ्नो संलग्नता रहेको भन्ने आरोपको खण्डन गरेको छ । मदुरोको आक्रमणमा आफुहरुलाई आरोप लगाउने कुनै आधार नभएको कोलम्बियाले बताएको छ ।

 

प्रकाशित : 5 August, 2018

प्रतिक्रिया दिनुहोस्