आँखाबाट ढुङ्गा जस्ता आशु खस्ने किशोरी
एजेन्सी । श्रावण–२०, हामीले दुनियामा अनेकौँ आश्चर्यजनक घटना र तथ्यहरु सुन्दै आएका छौँ । अझ नेट इन्टरनेटको सुविधा बढ्दै जाँदा संसार साँगुरो हुँदै भएको महसुस हुन्छ ।
हामीले नेट इन्टरनेटको माध्यमबाट संसारका हरेक कुरा वा घटना पनि क्षण भरमै थाहा पाउन थालेका छौँ । यसका साथै विश्वमा अनेक आश्यचर्यजनक घटनाहरु हुने गर्छन । ती कुराहरु समेत हामीलाई थाहा पाउन केहि क्षण पनि लाग्दैन ।
त्यसैगरि मध्यपूर्वी देश यमनमा पनि एक आश्चर्यजनक तथ्य पत्ता लागेको छ, जुन हामीले सुन्दा मात्र विश्वास नै गर्न सक्दैनौँ । यमनमा एक किशोरीको आँखाबाट आशु खस्दा पानी नखसेर ढुङ्गाका स–साना टुक्रा खस्ने गर्छ । सादिया सलेह नामकी १६ वर्षे ती किशोरी जब रुन्छीन उनका आँखाबाट आशुको रुपमा पानी नभएर ढुङ्गा खस्ने गर्छ ।
उनको यो अनौठो समस्या देखेर डाक्टरहरु समेत स्तब्ध बनेका छन् । र आश्चर्य व्यक्त गर्न बाहेक अन्य कुनै उपाय सोच्न सकेका छैनन् ।
सलेहको आखाँबाट खसेका आँसुजन्य ढुङ्गाका टुक्राहरुलाई डाक्टरहरुले परीक्षण गरेर समेत हेरे तर उनको समस्या के हो बुझ्न भने सकेनन् ।
गाँउलेहरु भने उनमा जादुमय शक्ति रहेको बदाउँदै आएका छन् । कोहि कोहिले भने यो महामारीको संकेत भएको भन्दै आतङ्क समेत फैलाउने प्रयास गरेको पनि पाइएको छ ।